सामान्य मद्दत र बारम्बार सोधिने प्रश्नहरू

     

✅ मैले मेरो भाषा कहाँ भेट्टाउन सक्छु?

👉 हाम्रो साइटको होमपेजमा जानुहोस् र दोस्रो स्लाइडमा क्लिक गर्नुहोस् [तपाईँको भाषा छनौट गर्नुहोस्] वा तपाईँको भाषा छनौट गर्नुहोस् खण्ड फेला पार्न तल स्क्रोल गर्नुहोस्।

👉 आफ्नो मनपर्ने भाषा चयन गर्नुहोस्। तपाईंलाई सम्बन्धित भाषा पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👆 पुन: विषयवस्तुमा जानुहोस्

     

✅ कसरी मैले मेरो फोनमा बाइबलको ई-पुस्तक संस्करण खोल्न सक्छु?

👉 आफ्नो मनपर्ने भाषा चयन गर्नुहोस् र सोही पृष्ठमा जानुहोस्।

👉 Bible eBook बटनमा क्लिक गर्नुहोस्। EPUB फाइल तपाईंको फोनमा डाउनलोड हुनेछ।

📱 एन्ड्रोइड प्रयोगकर्ताहरूको लागि

👉 गुगल प्ले स्टोरबाट EPUB रिडर एप डाउनलोड गर्नुहोस्। उदाहरणका लागि, लिथियम EPUB रिडर, eReader, Prestigio र eBoox इत्यादि।

👉 तपाईंले पहिलो पटक eBook एप खोल्दा, तपाईंले एपका सुविधाहरू बारे केही सुझावहरू देख्नुहुनेछ। तपाईंले बुकशेल्फ नदेखेसम्म अर्को ट्याप गरिरहनुहोस्।

👉 एपले तपाईंलाई सबै ईबुकहरू आयात गर्न चाहनुहुन्छ भनेर अब सोध्नेछ। हो बटन ट्याप गर्नुहोस् र तपाईंको फोनमा भएका सबै ई-पुस्तकहरू एपमा स्वतः देखिनेछन्। तपाईंले खोल्न चाहनु भएको ई-पुस्तकमा ट्याप गर्नुहोस् र तपाईं पढ्नको सक्नुहुन्छ।

📱 आईफोन प्रयोगकर्ताहरूको लागि

👉 PDF वा EPUB फाइलहरू: तिनीहरूलाई iBooks (यो तपाईंले एप स्टोरबाट डाउनलोड गर्न सक्ने नि:शुल्क एप हो) वा EPUB रिडरमा खोल्नुहोस्। तपाईंले पुस्तकलाई Dropbox वा Apple Files एपमा डाउनलोड गर्नुपर्ने हुन सक्छ, त्यसपछि ती एपहरू मध्ये एउटामा खोल्नुहोस्।

👆 पुन: विषयवस्तुमा जानुहोस्

     

✅ कसरी मैले मेरो कम्प्यूटरमा बाइबलको ई-बुक संस्करण खोल्न सक्छु?

👉 Calibre, Bookviser, Adobe Digital Editions, IceCream Ebook Reader, FBReader, आदि जस्ता ई-बुक रिडर सफ्टवेयरहरू डाउनलोड र इन्सटल गर्नुहोस्।

👉 आफ्नो कम्प्युटरमा EPUB फाइल डाउनलोड गर्नुहोस्

👉 आफ्नो ई-बुक रिडर लाइब्रेरीमा EPUB फाइल थप्नुहोस्।

👉 अब तपाईँ बाइबल पढ्न सक्नुहुन्छ 👍।

👆 पुन: विषयवस्तुमा जानुहोस्

     

✅ किन मैले मेरो भाषाको लागि यूभर्सन (You Version) बाइबल भेटाउन सकिन?

👉 तपाईंको बाइबल YouVersion साइटमा अपलोड गरिएको नहुन सक्छ। अथवा

👉 तपाईंको बाइबललाई YouVersion साइटमा अपलोड गर्ने अनुमति छैन।

👆 पुन: विषयवस्तुमा जानुहोस्

     

✅ किन मैले मेरो भाषाको लागि श्रव्य (अडियो) बाइबल भेटाउन सकिन?

👉 तपाईंको भाषामा अडियो बाइबल रेकर्ड गरिएको नहुन सक्छ। वा

👉 तपाईंको भाषामा रेकर्ड गरिएको अडियो बाइबल हाम्रो होस्टिङ साइटमा अपलोड गरिएको छैन।

👆 पुन: विषयवस्तुमा जानुहोस्

     

✅ कसरी मैले श्रव्य (अडियो) बाइबलका फाइलहरू डाउनलोड गर्न सक्छु?

👉 आफ्नो पीसी वा फोनमा वेब ब्राउजर (क्रोम, ओपेरा आदि) खोल्नुहोस्।

👉 nepalmatribhasha.org मा जानुहोस्।

👉 आफ्नो मनपर्ने भाषा चयन गर्नुहोस्। तपाईंलाई सम्बन्धित भाषाको अनलाइन बाइबल पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👉 पृष्ठको तल स्क्रोल गर्नुहोस्। तपाईंले अडियो प्लेयर बार फेला पार्नुहुनेछ। तीन थोप्लाहरू (मेनु) मा क्लिक गर्नुहोस्।

👉 डाउनलोड विकल्पमा क्लिक गर्नुहोस्। सम्बन्धित अध्यायको लागि अडियो फाइल तपाईंको उपकरणमा डाउनलोड गरिनेछ।

👆 पुन: विषयवस्तुमा जानुहोस्

     

✅ कसरी मैले गुगल प्ले स्टोरबाट बाइबल अनुप्रयोग (एप) इन्स्टल (स्थापना) गर्न सक्छु?

👉 आफ्नो एन्ड्रोइड फोनमा वेब ब्राउजर (क्रोम, ओपेरा आदि) खोल्नुहोस्।

👉 nepalmatribhasha.org मा जानुहोस्।

👉 आफ्नो मनपर्ने भाषा चयन गर्नुहोस्। तपाईंलाई सम्बन्धित भाषा पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👉 बाइबल एपमा क्लिक गर्नुहोस्। तपाईंलाई Google Play मा सम्बन्धित एप पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👉 Install मा क्लिक गर्नुहोस्।

👉 अब, तपाईंले आफ्नो होम स्क्रिन वा एप्लिकेसन ग्यालेरीमा एप हेर्न सक्नुहुन्छ।

👉 अब तपाईँ बाइबल पढ्न सक्नुहुन्छ 👍।

👆 पुन: विषयवस्तुमा जानुहोस्

सेयर गर्नुहोस्