म्याकको लागि बाइबल वेब एप इन्सटल गर्ने बारे निर्देशनहरू

✅ तपाईले म्याक ओएसमा बाइबल वेब एपलाई अफलाइन एपको रूपमा अर्थात् PWA (प्रोग्रेसिभ वेब एप) गुगल क्रोम ब्राउजर प्रयोग गरेर कसरी इन्सटल गर्न सक्नुहुन्छ?

👉 सफारी ब्राउजरले PWA इन्सटललाई समर्थन गर्दैन, त्यसकारण तपाईंको म्याक पीसीमा क्रोम ब्राउजर खोल्नुहोस्।

👉 nepalmatribhasha.org मा जानुहोस्।

👉 गृह पृष्ठमा रहेको "तपाईंको भाषा छनौट गर्नुहोस्" खण्डमा जानुहोस् र आफ्नो भाषा चयन गर्नुहोस्। तपाईंलाई आफ्नो भाषा पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👉 बाइबल वेब एप बटनमा थिच्नुहोस्। तपाईंलाई अनलाइन बाइबल वेब पृष्ठमा रिडिरेक्ट गरिनेछ।

👉 "To view this app offline, click here" सम्म जानको लागि तल स्क्रोल गर्नुहोस् । लिङ्कमा थिच्नुहोस् र तपाईंलाई बाइबल वेब एपमा रिडिरेक्ट गरिनेछ।

👉 चित्रमा देखाइएको ठेगाना बारमा इन्सटल आइकनमा क्लिक गर्नुहोस्।

👉 "Install" बटनमा क्लिक गर्नुहोस्।

👉 अब, तपाईंले आफ्नो एप्लिकेसन ग्यालेरी स्क्रिनमा आफ्नो अफलाइन बाइबल एप स्थापना गर्नुभएको छ।

👉 अब तपाईँ बाइबल पढ्न सक्नुहुन्छ।

सेयर गर्नुहोस्